२०८० असोज ९ काठमाडौ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम सर्माले २०८० असोज ६ गते हिन्द प्रशान्त रणनीति आईपिएस सम्मेलनमा भाग लिनुले नेपाल र नेपाली जनताले नसोचेको अत्यन्तै दु:खद परिणाम भोग्नु पर्ने उल्लेख गर्दै प्रधानसेनापति प्रभु राम सर्माको हिन्द प्रशान्त (आईपीएस) रणनीतिमा सहभागीताको कडा बिरोध गरेका छन।

बिप्लव द्वारा हस्ताक्षर गरेको नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट जारी भएको बिज्ञप्तिमामा उल्लेख भएका बुदाहरू

´नेपाली सेनाका प्रभु राम सर्मा २०८० असोज ६ गते हिन्द प्रशान्त रणनीति आईपिएस सम्मेलनमा भाग लिन गएको बिषयले नेपाली जनतालाई एकदमै चिन्तित तुल्याएको छ । अमेरिकी सरकारको नेतृत्वमा गठन भएको हिन्द प्रशान्त रणनीति आक्रमक सैन्य रणनीति हो । यो अन्तर्राष्ट्रिय जगतमा अत्यन्तै बिबादित आलोचित छ । यसको प्रमुख लक्ष्य हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य रणनीति लाई सुदृढ गर्ने अनि एसियामा आफ्नो प्रभुत्व बलियो बनाउने र चीन लाई घेर्ने रणनीति रहेको छ । अमेरिकाले यो योजनामा सहभागी हुन नेपाल लाई बारम्बार दबाब दिदै आएको छ । नेपाली जनताको मत अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सहभागी बन्नु हुँदैन भन्ने छ । यस्तो गैरजिम्मेवार हर्कतले नेपाल र नेपाली जनतालाई अनावश्यक अकल्पनीय क्षेती पुग्नेमा हाम्रो पार्टी सवैमा सचेत बनाउन चाहन्छ । हाम्रो पार्टी आपिएस सम्मेलनमा प्रधानसेनापतिको सहभागीतालाई कडा बिरोध गर्दछ । यस्तो विध्वंसकारी गठबन्धनमा सहभागी नबन्न सरकार लाई माग गर्दछ`। जस्ता कुराहरू उल्लेख छन।