२०८० असोज ८ काठमाडौ । राहत कोटाका अस्थायी शिक्षकहरूले आफ्नो हक अधिकार र विभिन्न सेवासुबिधाहरू माग्दै प्रदर्शन गरिरहेको बिरोध कार्यक्रमप्रती हेमन्त खबरका संम्पादक नारायण क्रान्ति मिडियामा यस्तो धारणा राख्नुहुन्छ ।

´दशौ बिसौ बर्ष सम्म राहत कोटामा अस्थायी शिक्षक नियुक्ति गरेर त्यही शिक्षकलाई विद्यार्थी पढाउन लगाउने दशौ बिसौ बर्ष सम्म शिक्षकको श्रम खाने अनि जब त्यही शिक्षक बुढेसकालमा शारीरिक मानसिक रुपले केही गर्न सक्दैन अशक्त हुन्छ तब उसलाई खाली हात घर पठाउने नेपाल सरकारको नीति नियम श्रम शोषण कार्यनै हो । राज्यले आटे अस्थायी शिक्षक लाई स्वत स्थायी गरेर पेन्सनको व्यवस्था गर्न सक्छ । राज्य सरकार सग यो तागत अबस्य छ । सरकारले राहत कोटाका शिक्षक लाई स्वत स्थायी गरेर पेन्सनै व्यबस्था गरिदिने निर्णय गरिहाल्यो भने कोहि कसैले बिरोध अवरोध गर्नु सान्दर्भिक देखिन्न ।

कुनैपनी नागरिकलाई दशौ बिसौ बर्ष काममा लगाएर बुढेसकालमा अर्काको सहारामा बाच्ने बेला खाली हात रुहाउदै घर पठाउनु एक प्रकारको अपराध नै हो । कुनैपनी नागरिकलाई बुढेसकाल सम्म काममा लगाएर बुढेसकालमा रुवाउदै खाली हात घर फर्काउने कार्य गणतान्त्रिक संविधानको मूल्य मान्यता भित्र पर्दैन । काममा लगाएर बुढेसकालमा शिक्षक लाई रुवाउदै घर फर्काउने अपराध पुर्ण नीति नियम बनाउन प्रोत्साहन गर्ने उस्काउने राज्य भित्र रहेका खराव पात्रहरूलाई जनताले बहिष्कार गर्नुपर्छ`। (क्रान्ति)

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]