२०८० असोज ५ काठमाडौ । काठमाडौको मेयर बालेन साहले शिक्षक माथी दमनकारी नीति लिएको, बालेन साहको नीति लाई सरकारले समर्थन गर्दै बालेन नीति लागु गर्न खोजेको भन्दै ५०हजार भन्दा धेरै शिक्षकहरू काठमाडौको माईतिघरमा भेला भएर बिगत चार दिन देखि काठमाडौको माईतिघर बबरमहल बिजुली बजार नंयाबानेश्वर सडक ठप्प पारेर बालेन साह विरुद्ध चर्को नाराबाजी गरेका छ्न । बिरोध प्रदर्शनमा बालेनहरू होसियार, शिक्षक एकता जिन्दावाद, नालायक शिक्षा मन्त्री राजिनामा दे , शिक्षा कालो विधेक खारेज गर, शिक्षक लाई पेन्सनको ब्यबस्था गर , नालायक सरकार मुर्दावाद, स्थानीय तहका वडा अध्यक्ष वडा सदस्य मेयर उपमेयरले शिक्षकहरूलाई सरुवा बढुवा बर्खास्ती गर्न नपाउने नीति नीति नियम लागु गर जस्ता नारा जुलुस लगाएका छन ।
(शिक्षकहरूको सडक आन्दोलनको दृश्य)
अर्को तिर शिक्षकहरू आन्दोलनमा केन्द्रीत भएको कारण देश भरका शैक्षिक प्रतिष्ठानहरू , स्कुल, क्याम्पसमा पठनपाठन ठप्प भएको छ । शिक्षकहरूको पेन्सन लगाएत सेवा सुबिधा खोस्ने शिक्षा विधेक लाई काठमाडौको मेयर बालेन साहले समर्थन गरेको आन्दोलनरत शिक्षकको आरोप रहेको छ भने शिक्षक लाई आन्दोलन गर्न लगाएर प्रचण्ड सरकार असफल पार्ने प्रयास भएको विभिन्न कोण बाट विश्लेषण र अनुमान समेत गरिएको छ । “स्थानीय तहका वडा-अध्यक्ष वडा-सदस्य मेयर उप-मेयरको सिफारिस र निर्देशनमा शिक्षकहरू लाई सरुवा बढुवा बर्खास्ती गर्न नपाउने नीति नीति नियम लागु गर्नु पर्ने आन्दोलनरत शिक्षकहरूको प्रमुख माग हो”।