२०८० असोज ५ काठमाडौ । सेयर किनबेच गरिदिने ४५ नं ब्रोकर अफिस, इम्पेरियल सेक्युरिटिज कम्पनीले नेप्से र सेबोनको अनुमति लिएर साखा कार्यलय बिस्तार गरेको छ । साखा बिस्तार अन्तरगत भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिका वडा नं ६ सुर्यबिनायक चोकमा नंया साखा कार्यलय विस्तार गरेको कम्पनीका निर्देशक सिताराम अधिकारीले जनाएका छन । अब देखि भक्तपुर बासी लगाएत भक्तपुरमा बस्ने सवै सेयर लगानीकर्ताहरूले चाहे भक्तपुर बाटै शेयर किन्न बेच्न र डिम्याट खाता, मेरो शेयर अनि शेयर अभौतिकरण जस्ता सुविधाहरु लिन सक्ने सिताराम अधिकारीले जनाएका छन । साखा बिस्तारले सेयर कारोबार गर्न चाहनेलाई सजिलै पहुच पुग्ने र सेयर कारोबारीको मन ईम्पेरियल सेक्युरिटीजले जित्ने पनि निर्देशक अधिकारीले बताए।

धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दलाल व्यवसायीहरूले शाखा कार्यालय खोल्न पाउने निर्देसिका २०७९ बमोजिम काठमाडौं उपत्यका बाहिर ३ वटा शाखा खोलि सकेपछि उपत्यका भित्र एउटा शाखा खोल्न दिने ब्यबस्था भए बमोजिम भक्तपुरमा ईम्पेरियल सेक्युरिटीले शाखा सञ्चालनमा गरेकोछ। काठमाडौंको बबरमहल हनुमानथानमा केन्द्रिय कार्यालय रहेको ईम्पेरियल सेक्युरिटी कम्पनीले धादिङ सुर्खेत नेपालगन्जमा समेत शाखा संचालन गरेको कम्पनीले जनाएको छ । कम्पनीका निर्देशक सिताराम अधिकारी भन्नू हुन्छ यो बेला सेयर किन्नेहरूले आजको मुल्यमा धेरै नाफा कमाउन सकिने अनुमान गर्नुहुन्छ । र सवै नेपालीले ढुक्कसँग सेयर किन्न समेत सुझाव दिनुहुन्छ ।