२०८० साउन २२ काठमाडौ । जातिय बिभेदकारी अभिव्यक्ति दिएको, तामाङ मगर मुस्लिम लगाएत जातिय समुदाय माथी अपहेलित अभिव्यक्ति दिएको, मिलेर बसेका जातजाति बिच साम्प्रदायिक दङ्गा भड्काउन खोजेको भन्दै तामाङ मगर लगाएत विभिन्न समुदाय हजारौंको संख्यामा भेला भएर काठमाडौको माईतिघर देखि नंयाबानेश्वर सम्म जूलूस प्रदर्शन गरेका गर्दै वकिल भगवती पाण्डेलाई कारबाहीको माग गरेका छन ।
(वकिल भगवती पाण्डेलाई कारबाहीको माग गर्दै निकालिएको जूलूस)
महिला वकिल पाण्डेले एक अन्तरवार्तामा ´तामाङ मुस्लिम समुदाय बिच दाजु बहिनी बिच बिहेवारी हुने गरेको जसको कारण उनिहरू एकोहोरो प्रवृत्तिका हुन्छन्` जस्ता अपमानित अभिव्यक्ति दिएको तामाङ समुदायका नेत्ताले बताएका छन । पाण्डेको उक्त अभिव्यक्ति प्रती आक्रोशित भएका तामाङ समुदायले काठमाडौको माईतिघर बबरमहल नंयाबानेश्वर सम्म रयाली निकाल्दै वकिल भगवती पाण्डेलाई कारबाही गर, भगवती पाण्डेलाई फाँसी दे , अदालत हामिलाई न्याय दे जस्ता नाराबाजी समेत लगाएका छन । प्रदर्शनकारीले भनेका छन वकिल भगवती पाण्डे लाई पक्राउ गरेर शरकारले कारबाही नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन ।
हेमन्त खबर