२०८० साउन १८ काठमाडौ । नेपाल शरकारको अनुमतिमा शरकारी लाईसेन्स प्राप्त सहकारी द्वारा हजारौं नेपाली ठगिएका छन । शरकारको कमजोर नीति नियम र कानुनको फाईदा उठाउदै नेपालमा संचालनमा रहेका धेरै सहकारीले दशौ हजार भन्दा धेरै बचतकर्ताहरूले जम्मा गरेको सावाँ नै गायब पारेर सहकारी संचालकहरू फरार भएका छन । यसरी ठगी गर्ने सहकारी संचालक लाई गरिने दण्ड सजाय समेत नेपालमा अत्यन्तै फितलो रहेको छ ।

हजारौंको संख्यामा सहकारी पीडितहरूले लामो समय देखि काठमाडौको माईतिघर देखि नयाँ बानेश्वर सम्म आफ्नो बचत रकम फिर्ता पाउनु पर्ने माग राख्दै जुलुस पर्दशन देखि धर्ना कार्यक्रम समेत गर्दै आएका छन । तर नेपाल शरकारले अहिले सम्म कुनै सुनुवाइ गरेको छैन । बरु उल्टै सहकारी पिडित लाई व्यापक प्रहरी परिचालन गरेर पीडितहरूको बिरोध कार्यक्रम दमन गर्न लागेको देखिन्छ ।

( सहकारी पीडित द्वारा निकालिएको जूलूसको भिडियो )

सहकारी पीडितको पक्षमा कलाकार देखि समाजका नागरिक अभियान्ताले सहकारी पीडितको बिरोध कार्यक्रम लाई समर्थन गर्दै आएका छन । ठगी गर्ने सहकारीको बिरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीलाई समर्थन गर्नुको सट्टा ठगीमा संलग्न शहकारी लाई जोगाउन राष्ट्र बैंकका बर्तमान गभर्नर महाप्रसाद अधिकारी लागेको शकारी पिडितको आरोप रहेको छ । राष्ट्र बैंकका बर्तमान गभर्नर महाप्रसाद अधिकारी विरुद्ध सहकारी पिडितले सडक बाट चर्को नारा बाजि समेत गर्दै आएका छन ।

हेमन्त खबर