२०८० साउन २ काठमाडौ
। काठमाडौंको जिल्ला अदालत परिसर भित्र सवै कानुन व्यबसायीहरू वकिलहरूले नै पाउदैनन् सवारी पार्किङ ! काठमाडौ जिल्ला अदालतमा बहस पैरवी गर्न आउने वकिलले आफ्नो सवारी साधन माइतीघर, नंया बानेश्वर लगाएत शहरका मुख्य गल्ली भित्र सवारी साधन पार्किङ्ग गर्न बाध्य भएको वरिष्ठ कानुनबिद अधिवक्ता: अनन्तदेव पराजुली बताउनुहुन्छ`।

काठमाडौ जिल्ला अदालत र काठमाडौ जिल्ला बार एसोसिएसनले अदालतमा सेवा लिन आउने आम सर्वसाधारण र कानुन व्यबसायीहरूलाई सवारी साधन पार्किङको ब्यबस्था गर्न सकिरहेको छैन ।” अदालत परिसर भित्रै सवारी साधन पार्किङको माग गर्दै स्वतन्त्र कानून व्यवसायीहरुले आन्दोलन समेत सुरु गरेका छ्न । स्वतन्त्र कानुन व्यबसायीहरूले सवारी साधन काठमाडौ जिल्ला अदालत भित्रै पार्किङ गर्न पाउनु पर्ने माग राखेर आन्दोलन गर्दै एक हप्ता भित्र काठमाडौ जिल्ला अदालत भित्र पार्किङ खुल्ला नगरे कडा आन्दोलन गर्ने बताए पनि काठमाडौ अदालत प्रशासनले भने पार्किङको व्यवस्था गर्न आनकानी गरिरहेको स्वतन्त्र कानुन ब्यबसायीहरू बताउछन्`।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]हेमन्त खबर