नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखामा पूर्णप्रसाद मिश्रको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

शाखाको आज यहाँ सम्पन्न चौथो अधिवेशनले मिश्रको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा चेतबहादुर (सिबी) अधिकारी, रोशा बस्नेत, सचिवमा कमलकुमार बस्नेत, सहसचिवमा उमा शर्मा र कोषाध्यक्षमा सृजना राई निर्वाचित हुनुभएको छ । त्यसैगरी, सदस्यमा मैना थापा, मुना कार्की, लक्ष्मी सापकोटा, उदीप यादव र किरणराज विष्ट निर्वाचित हुनुभएको छ ।

शाखाको अधिवेशनका लागि नेपाली कांग्रेस प्रचार विभागका सदस्य एवं केन्द्रीय प्रतिनिधि इन्द्र रिजाल खटिनुभएको थियो ।

नयाँ कार्यसमिति चयनका लागि राससका वरिष्ठ समाचारदाता राजाराम कार्कीको संयोजकत्वमा वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने र रासस अङ्ग्रेजी शाखाका वरिष्ठ सम्पादक पवित्रा गुरागाईं रहेको निर्वाचन समिति गठन गरिएको थियो ।रासस