प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकामा प्रधानमन्त्री दाहाललाई समवेदना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा उहाँले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पणसमेत गर्नुभएको थियो ।रासस