२०८० असार २९ काठमाडौ । नेपाली काङ्ग्रेस निकट नेपाल ट्रेडयुनियन काङ्ग्रेसले नेपाली सम्पुर्ण श्रमिकहरूको न्युनतम पारिश्रमिकको ब्यबस्था अनिवार्य लागू गर भन्दै नेपाल ट्रेडयुनियन काङ्ग्रेस काठमाडौ जिल्ला समितीका अध्यक्ष: देवी भुषाल , नेपाल चलचित्र श्रमिक संघका सह-अध्यक्ष: पुर्ण बहादुर श्रेष्ठ सहित ३० जनाको टोलिले काठमाडौ जिल्ला प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ; न्युनतम पारिश्रमिक २५ हजार कायम गर, योगदानमा अधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जिकरण गर, श्रम आयोग गठन गर, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व ब्यबस्था गर, लगाएत विभिन्न माग उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउदै नेपाल चलचित्र श्रमिक संघका सहअध्यक्ष: पुर्ण बहादुर श्रेष्ठले भन्नू भयो माग पूरा नगरिए श्रमिकहरूको माग पूरा गराउन देश ब्यापी कडा संघर्षमा उत्रीने बताउनु भयो । तर कडा संघर्ष भनेको के हो त ? भन्ने पत्रकारको जिज्ञासा्मा बताउन चाहानुभएन । हेमन्त खबर