२०८० असार २८ काठमाडौ । काठमाडौंको जिल्ला अदालत परिसर भित्र काठमाडौ जिल्ला अदालत र काठमाडौ जिल्ला बार एसोसिएसनले अदालतमा सेवा लिन आउने आमसर्वसाधारण र कानुन व्यबसायीहरू लाई समेत सवारी साधन पार्किङको ब्यबस्था नगरिदिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने आम सर्वसाधारण सेवाग्राही र कानून व्यवसायीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् । आन्दोलन गर्दै एक हप्ता भित्र काठमाडौ जिल्ला अदालत भित्र पार्किङ खुल्ला नगरे कडा आन्दोलन गर्ने स्वतन्त्र कानुन ब्यबसायीले बताएका छन ।
कानून व्यवसायीहरूले अदालत प्रशासन लाई आमसर्वसाधारणहरूका लागि पार्किङको व्यवस्था गर्न माग सहितको ज्ञापनपत्र बुझाउन जादा अदालत प्रशासनले ज्ञापन पत्र बुझ्न समेत आनकानी गरेको सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बरिस्ठ कानुनबिद अधिवक्ता अनन्तदेव पराजुलीले बताउनु भयो । काठमाडौ जिल्ला अदालतले भित्र पार्किङ गर्न नदिने, तर काठमाडौ जिल्ला अदालत भित्र पार्किङ गर्ने ठाउँमा अदालतले क्यान्टिङ्ग संचालन गरेको समेत जानकारी दिनु भयो । काठमाडौ महानगरपालिकाले काठमाडौ जिल्ला अदालत भित्रको अण्डरग्राउण्ड भित्र रहेको क्यान्टिङ्ग हटाएर आमसर्वसाधारण सेवा ग्राहीहरू र कानुन ब्यबसायीहरूलाई समेत अदालत भित्र पार्कीङ्ग सुविधा उपलब्ध गराईदिन बारम्बार काठमाडौ जिल्ला अदालत लाई अनुरोध गर्दै आएको छ।
स्वतन्त्रत कानुन ब्यबसायीहरूको नेतृत्व गर्दै वरिष्ठ कानुनबिद अधिबक्ता अनन्त देव पराजुलिले भन्नू भयो अदालत भित्रको पार्किङस्थलमा संचालित क्यान्टिन हटाएर पार्किङको सुविधा दिइनुपर्ने बताए । पराजुलीले भन्नू भयो : अदालतले राखेको क्यान्टीनमा चालिस भन्दा धेरै ग्यास सिलिन्डर रहेका छन ती ग्यास सिलिण्डर पडकिएको अबस्थामा क्यान्टिन सगै जोडिएर रहेको अभिलेखका कागज जलेर नष्ट हुनेछन् ।
अर्का एक अधिवक्ताले अदालतभित्रको पार्किङ खुलाउनका लागि धेरै पटक काठमाडौ जिल्ला अदालत प्रशासन लाई आग्रह गरेको तर अदालतले नसुनेको कारण पत्रकार बोलाउनुपरेको र आन्दोलन गर्न आफुहरू बाध्य भएको समेत बताउनु भयो। हेमन्त खबर