नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले प्रधानमन्त्री र उहाँको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताउनुभएको छ ।

उहाँले अध्यक्ष ‘प्रचण्ड’ र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । नेता रिजालले भन्नुभयो, “स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उहाँका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ ।”

उहाँले स्व दाहालको माओवादी आन्दोलन र नेपालको राजनीतिमा ठूलो योगदान रहेको बताउनुभयो । प्रधानन्त्रीलगायत सम्पूर्ण परिवारजनलाई परेको दुखदप्रति सहानुभूति प्रकट गर्दै नेता रिजालले शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा दत्तचित्त भएर अझै राम्रो काम गर्न सकोस भनी कामना गर्नुभयो ।[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]रासस