जीवभावलाई निराकरण गरी आफ्नो यथार्थ स्वरूप प्राप्त गराउने उद्देश्यले २०२३ साल असार २६ गते स्थापना भएको अद्वैत संस्था ५८औँ वर्षमा प्रवेश गरेको छ । शरीरमा आफू बुद्धि भएको जीवलाई श्रुति, स्मृति र आफ्नो अनुभवको आधारमा शिव भावको अनुभूति गराई चिर सुखी हुन दैनिक सत्सङ्ग नै अपरिहार्य हो भन्ने संस्थाको ठहर छ ।

अन्ठाउन्न वर्षअघि प्रा डा क्षितिजचन्द्र चक्रवर्तीले स्थापना गर्नुभएको संस्था अघि बढाउन चार सयभन्दा बढी पुस्तक रचना भएको छ । नेपाली वेद, उपनिषद् ग्रन्थहरू उहाँले रचना गर्नुभएको हो ।

वार्षिकोत्सव समारोहमा संस्थाका कुलपति प्रताप चक्रवर्ती, गुरुआमा अर्पणा चक्रवर्ती, केन्द्रीय प्रधान सभापति वसन्तलाल महासरस्वती र केन्द्रीय सहसभापति विष्णुदास ढकालले संस्थाको उद्देश्य प्राप्तिका लागि गरिएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा संस्थाका केन्द्रीय सभापति अनन्तलाल सरस्वतीले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद गौतमले सोही आवको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।रासस