अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनले आफ्नो बेइजिङ भ्रमण दुई देशबीच जारी तनाब सुधारका लागि कुनै प्रगति वा सम्झौताको घोषणा नगरी सम्पन्न गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
दुई दिनसम्म १० घण्टा लामो भेटघाटपछि येलेन आइतबार वासिङ्टन प्रस्थान गर्नुभएको हो ।
यद्यपि, दुई देशबीचको आर्थिक तनाव वास्तवमै कम हुने सम्भावना कम रहेको प्रतिवेदनमा उल्लेख छ । येलेनको भ्रमणबाट थप वार्ताको अपेक्षा गरिए तापनि उहाँले वा चिनियाँ अधिकारीहरूले महत्वपूर्ण नीतिगत मुद्दाहरूमा आफ्नो अडान परिवर्तन गरेनन् । जसले गर्दा दुवै पक्षले व्यापार, लगानी र प्रविधिमा थप द्वन्द्वको सम्भावनाको सामना गर्नुप¥यो ।
युक्रेनमा युद्ध, अमेरिकी भूमिमाथि उडेको अमेरिकी सेनाले खसालेको चिनियाँ जासुसी बेलुन, दुई देशबीच व्यापारमा बढ्दो प्रतिबन्धको आदान प्रदानलगायतका कारण अमेरिका र चीनबीचको सम्बन्ध वर्षौंदेखि बिग्रँदै गएको न्युयोर्क टाइम्सले जनाएको छ ।
येलेनले आइतबार आफ्नो चीन भ्रमण समाप्त गर्दै अमेरिका फर्किनुभएको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनको भ्रमणको केही हप्तापछि उहाँको यो भ्रमण भएको हो ।
जुलाईमा जलवायु परिवर्तनका लागि राष्ट्रपतिका विशेष दूत जोन केरीले पनि विश्वव्यापी तापक्रम वृद्धिबारे वार्ता पुनः सुरु गर्न चीनको भ्रमण गर्नुहुने भएको छ ।
भ्रमणका क्रममा बाइडेन प्रशासनले चीनको धेरै व्यापारिक अभ्यासका बारेमा गम्भीर चासो राखेको येलेनले स्पष्ट पार्नुभएको थियो । उसले विदेशी कम्पनीहरूलाई कसरी व्यवहार गर्दछ, साथै यसका नीतिहरूलाई अमेरिकाले आर्थिक बलप्रयोगको प्रयासको रूपमा हेर्छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले येलेनको भ्रमणबारे पत्रकार सम्मेलनको केही घण्टाअघि रिपोर्ट गरेको थियो र वार्तालाई रचनात्मक भन्दै प्रशंसा गरेको थियो भने चीनले विवादको प्रमुख क्षेत्रको रूपमा देखेको कुरालाई पनि दोहो¥याएको थियो ।
बाइडन प्रशासनले व्यापार प्रतिबन्धमार्फत अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षामा जोड दिएकोमा चीनको निरन्तर विरोधलाई प्रतिवेदनमा जोड दिइएको छ । “राष्ट्रिय सुरक्षालाई सामान्यीकरण गर्नु सामान्य आर्थिक र व्यापारिक आदानप्रदानका लागि अनुकूल छैन भन्ने चीनको विश्वास छ,” सिन्ह्वाले भनेको छ ।
“चिनियाँ पक्षले अमेरिकी प्रतिबन्ध र चीनविरुद्ध प्रतिबन्धात्मक उपायहरूबारे चिन्ता व्यक्त गरेको छ । चिनियाँ अधिकारीहरूले येलेनसँग आफ्नै चिन्ताबारे कुरा गरेका थिए । अहिले पनि लागू अवस्थामा रहेको ट्रम्प प्रशासनले चिनियाँ आयातमा लगाएको करबारे छलफल भएको अमेरिकी अर्थमन्त्रीले बताउनुभयो ।
येलेनले करलाईलाई प्रभावहीन भन्दै आलोचना गरिरहनुभएको छ । उहाँले राष्ट्रपति बाइडेनले पदभार ग्रहण गरेदेखि नै प्रशासनको अडानलाई दोहो¥याउँदै करको बारेमा जारी आन्तरिक अध्ययनको निष्कर्षसम्म कुनै पनि निर्णय नगरिने सुझाव दिनुभएको छ ।
चीनका अधिकारी र विज्ञहरूले पनि केही प्रविधिमा देशको पहुँचलाई सीमित गर्ने प्रशासनको प्रयासले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘क्वान्टम कम्प्युटिङ’ जस्ता उच्च क्षमताका उद्योगहरूको वृद्धिमा बाधा पु¥याउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
येलेनले आइतबार भन्नुभयो, “मैले चिनियाँ पक्षसँग राष्ट्रपति बाइडेनले केही अति सङ्कीर्ण उच्च प्रविधि क्षेत्रमा बाह्य लगानीमा सम्भावित नियन्त्रणको परीक्षण गरिरहेको कुरा स्पष्ट पारेको छु । यी प्रतिबन्धहरूले दुई देशबीचको लगानीको वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने कुरा हुनुहुँदैन ।”
सन् २०१५ देखि चीनले पनि विदेशी लगानीमा अझ व्यापक प्रतिबन्ध लगाएको छ, व्यवसाय र घरपरिवारलाई साइबर सुरक्षा, भारी उत्पादन र विमान उत्पादन जस्ता रणनीतिक उद्योगहरूमा विदेशमा लगानी गर्ने पक्षमा विदेशी रियल इस्टेटमा सट्टेबाजी नगर्न प्रोत्साहित गरेको छ ।
साङ्घाईस्थित फुदान युनिभर्सिटीका अन्तर्राष्ट्रिय अध्ययन प्रमुख वु सिनबोले येलेनको भ्रमणले सम्बन्धमा महत्वपूर्ण सकारात्मक प्रभाव पार्नका लागि बाइडेन प्रशासनको चीनप्रतिको नीतिमा पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । “अहिलेसम्म हामीले अमेरिकी राष्ट्रपति बाइडेनले चीनप्रतिको आफ्नो आर्थिक नीतिमा पुनर्विचार गर्ने कुनै सङ्केत देखेका छैनौं,” उहाँले भन्नुभयो ।
येलेनको भ्रमणपछि पनि चीनमा धेरैले अमेरिकाप्रति शङ्का व्यक्त गरेका छन् । वु सिनबोलाई उद्धृत गरी द न्युयोर्क टाइम्सले भनेको छ, “संयुक्त राज्य अमेरिकाले नीतिहरूलाई ‘राष्ट्रिय सुरक्षाको लागि मात्र प्रस्तुत गर्दछ । यस प्रसङ्गमा राष्ट्रिय सुरक्षाको दूरी कति ठूलो छ भन्ने प्रष्ट पार्नु महत्वपूर्ण सवाल हो ।रासस