राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा चार सदस्यीय संसदीय टोली आज न्यूयोर्कतर्फ प्रस्थान गरेको छ ।

संयुक्त राष्ट्र मुख्यालयमा आगामी सेप्टेम्बर हुने दिगो विकास सम्मेलनका लागि एजेण्डा तय गर्ने उच्चस्तरीय राजनीतिक मञ्चमा छलफलका लागि भाग लिन उहाँहरु त्यसतर्फ जानुभएको हो ।

टोलीमा नेकपा (एमाले)का सचेतक महेशकुमार बर्ताैला, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा र संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे रहनुभएको सचिवायलको सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उक्त छलफल यही आसार २५ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ ।रासस