अमेरिकी अर्थमन्त्री जेनेट येलेन र चिनियाँ प्रधानमन्त्री ली खछ््याङबीच शुक्रबार बेइजिङमा भएको भेटवार्ता गर्नुभएको छ ।

भ्रमणका क्रममा अमेरिकाले ‘जित्नेले सबै पाउने’ प्रतिस्पर्धा नचाहेको बताउनुभएको छ ।

येलेनको चार दिने चीन भ्रमण ट्रेजरी प्रमुखको रूपमा उहाँको पहिलो चीन भ्रमण हो र उहाँ गत महिना विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि हालै मात्र चीन भ्रमण गर्ने दोस्रो उच्च पदस्थ अमेरिकी अधिकारी हुनुहुन्छ ।

भेटमा येलेनले चिनियाँ प्रधानमन्त्री लीलाई संयुक्त राज्य अमेरिकाले आर्थिक प्रदर्शन गर्न नचाहेको बताउनुभएको थियो ।

बेइजिङको ‘ग्रेट हल अफ द पिपुल’मा उहाँले लीलाई सम्बोधन गर्दै भन्नुभयो, “सबै विजेताले पाउने नियमका आधारमा होइन दुवै देशलाई फाइदा पु¥याउने नियमका आधारमा हामी दुई देशबीचको स्वस्थ आर्थिक प्रतिस्पर्धा चाहन्छौं ।”

संयुक्त राज्य अमेरिकाले वासिङ्टनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण मानिएको उन्नत प्रविधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको पहुँचसीमित गरेर चीनबाट ‘जोखिम कम गर्न’ खोजिरहेको बताएको छ ।

अमेरिकाले धेरै चिनियाँ कम्पनीहरूलाई सबैभन्दा उन्नत चिप्समा पहुँचबाट रोक्नका लागि कालोसूचीमा राखेको छ भने आफ्ना सहयोगीहरूलाई पनि यसको अनुसरण गर्न दबाब दिएको छ ।

तर येलेनले प्रधानमन्त्री लीलाई वासिङ्टनले ‘केही परिस्थितिमा आफ्नो राष्ट्रिय सुरक्षाको रक्षाका लागि लक्षित कदम चाल्नुपर्ने’ बताउनुभएको थियो । रासस