सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस)को सञ्चालक (बोर्ड) सदस्यमा पत्रकार डिल्लीराम भट्टराईलाई मनोनयन गरेको छ ।
हल्दीबारी–१ झापा निवासी उहाँलाई आजको मन्त्रिस्तरीय निर्णयानुसार आगामी चार वर्षका लागि सञ्चालक सदस्य पदमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । भट्टराई राष्ट्रिय समाचार समिति ऐन, २०१९ को दफा ८ को उपदफा (१) खण्ड (ख) बमोजिम सञ्चालक सदस्यमा नियुक्त हुनुभएको हो ।
उहाँ यसअघि पनि चार वर्षका लागि राससको सञ्चालक सदस्य भइसक्नुभएको छ । पत्रकारितामा स्नातकोत्तर भट्टराई समय सन्दर्भ पाक्षिकका सम्पादक र प्राध्यापकसमेत हुनुहुन्छ ।रासस