‘गणतन्त्र दिवस–२०८०’ को सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिनमा प्रकाशित समाचार सामग्रीसम्बन्धी प्रतिवेदन आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बुझाइएको छ ।
मन्त्री शर्मासमक्ष राससका तर्फबाट कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई र सञ्चालक समिति सदस्य कृष्ण अधिकारीसहितको टोलीले सो प्रतिवेदन प्रस्तुत गरेको हो ।
प्रतिवेदन बुझ्दै मन्त्री शर्माले राससले गरेको कार्य उच्च प्रशंसायोग्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।रासस