मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बागमती प्रदेशसभा भवन अगाडि नारबाजी गरेका छन् ।
धादिङका किसानले बाँदर आतङ्क नियन्त्रण गर्न सरकारले कार्यक्रम नल्याएको भन्दै हेटौँडा आएर संसद् भवन अगाडि विरोध गरेका हुन् । धादिङको नीलकण्ठ र नगरपालिका सिद्धलेक गाउँपालिकाका किसानले बाँदरका कारण खेती गर्न नपाएको भन्दै विरोध गरेको बताइएको छ ।
दुईवटा बस रिर्जभ गरेर करिब एक सय ५० जना किसान हेटौँडा आइपुगेको जनाइएको छ । बाँदरले जनजीवनमा समस्या पारेकाले प्रदेश सरकारले सम्बोधन गरिदिनुपर्ने किसानको माग छ ।
धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाका किसानले अन्तर्राष्ट्रिय कानून देखाएर बाँदर आतङ्क बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिसरमा प्रर्दशन गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले किसानलाई छलफलका लागि बोलाउनुभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।रासस