टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार स्वीडेनलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का समर्थकहरूले स्टकहोममा भएको प्रदर्शनलाई रोक्न आग्रह गर्नु भएको छ ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग आइतबार फोन वार्तामा एर्डोगानले आफ्नो देशले स्वीडेनको गठबन्धनमा सामेल हुने निर्णयप्रति आफ्नो “रचनात्मक दृष्टिकोण” जारी राखेको बताउँनु भएको छ ।
एर्दोगानले थप भन्नु भएको छ- नर्डिक देशको आतङ्कवाद विरुद्धको कानूनमा परिवर्तन देखिनु अङ्काराको अपेक्षा अनुरूप छैन।
टेलिफोन वार्तामा रुसको पछिल्लो घटनाक्रमबारे पनि छलफल भएको बताइएको छ । रासस