नेपाल केन्पो खुकुरी मार्सल आर्टस् सङ्घ बागमती प्रदेशको अध्यक्षमा सङ्गम लामा निर्वाचित हुनुभएको छ । आज भक्तपुरमा आयोजना गरिएको सङ्घको तेस्रो अधिवेशनबाट लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा केशव कवां र नवीनबज्र लामा, सचिवमा तीर्थरत्न राजचल, कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामाङ, पुष्पराज भट्टराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी चयन हुनुभएको छ । बाँकी सात जना सदस्यपछि मनोनित गरिनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री मोक्तानले खेलकुदको विकासमा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्सल आटर््स सङ्घका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केन्द्रीय सदस्य राजकुमार लघू, सङ्घका निवर्तमान अध्यक्ष उमा थपलियालगायतले ओझेलमा परेको केन्पो खुकुरी मार्सल आर्टस्लाई देशव्यापी बनाउन राज्य लाग्नुपर्नेमा जोड दिनुभयो ।रासस