नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसङ्घको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको हो । अग्रवाल विगत डेढ दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसङ्घको उपाध्यक्ष बन्नुभएको थियो ।
काठमाडौँमा जन्मनुभएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुनुहुन्छ । आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ । परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई शपथग्रहण गराउनुहुँदै पदभार हस्तान्तरण गर्नुभयो ।
आज यहाँ सम्पन्न वार्षिक साधारणसभाबाट परिसङ्घको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित हुनुभयो ।
यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिङ्घानीया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य सङ्घाई निर्वाचित हुनुभयो ।रासस