इजरायली नौसेनाका कमाण्डर भाइस एडमिरल डेभिड साआर सलमाले इजरायली नौसेना बीचको सहयोगलाई सुदृढ पार्ने द्देश्य आयोजित इटाली र ग्रीसको भ्रमण गर्नु भएको छ।
सो अवसरमा इटालियन उहाँले नौसेना दिवसका कार्यक्रमहरु मा भाग लिनुभएको छ ।
भ्रमणका क्रममा इजरायल नौसेनाका कमाण्डरले एथेन्सस्थित ग्रीक नौसेनाको मुख्यालयको भ्रमण गर्नुका साथै नौसेनाका विभिन्न रणनीतिक तथा परिचालन गतिवधिको पनि अवलोकन गर्नु भएको छ ।
त्यसैगरी भ्रमणका क्रममा उहाँले ग्रीसका कर्मचारी र राष्ट्रिय सुरक्षा मन्त्रीसँग पनि भेट गर्नु भएको छ ।
सलामिस टापुस्थित ग्रीक नौसेनाको आधारमा पुगेर उहाँले कमाण्डर इन चीफ, हेलेनिक फ्लीट, एडमिरल डिमिट्रिओस कटारसबाट ग्रीक नौसेनाको सञ्चालनको विस्तृत सिंहावलोकन गर्नु भयो । रासस