कालिकोट जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयले आज एक कार्यक्रम गर्दै उमेरका कारण सेवा निवृत पाँच स्वंयसेविकालाई बिदाइ गरेको छ ।
उनीहरूलाई ससम्मान बिदाइ गर्नाका साथै जनही रु २० हजार उपलब्ध गराइएको थियो ।
सोही अवसरमा असामयिक निधन भएका लामोसमयसम्म सेवारत दुई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको परिवारका सदस्यलाई पनि सम्मान गरिएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो ।रासस