राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।

उहाँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा निरज बमले राससलाई जानकारी दिनुभयो । “राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ” निजी चिकित्सक डा बमले भन्नुभयो ।

यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।रासस