बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । उहाँका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको बजेट सम्बन्धमा कार्यसूची तयार गरिने जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले स्थगित गुर्नभएको थियो । रासस