चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो ।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन् ।

सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ । उहाँले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताउनुभयो ।

अन्य भूमिहीनले समेत तत्काल आफूहरुलाई समेत जग्गाको धनीपुर्र्जा दिन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका सङ्घीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरु तयार रहेको पनि बताउनुभयो ।रासस