कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन् ।

मोबाइल फोनको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठौँ शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला क्षेत्रका ऐतिहासिक, प्रचीन लोकनाच राजा सलहेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर बनको सुन्दर फूल, अल्लाह रुदल, गुगली घाट, साँमाचकेवा, कमला मैयाँजस्ता नाच लोप हुन थालेका हुन् ।

यस्तै जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन् ।

बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाका नाच लोप हुन थालेका सुनाउँदै १० वर्षको उमेरदेखि नाच गर्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ६५ वर्षीय गोसाई राय भन्नुहुन्छ, “नाच कम्पनी बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका छौँ ।”

पहिला प्रतिष्ठाका लागि भए पनि ठूलो रकम खर्चेर ग्रामिण क्षेत्रमा लोकनाच गराइने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाच मण्डली खोले, तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुप¥यो ।रासस