फ्रान्सको अल्पाइन शहर एनेसीमा चार बालबालिकासहित छ जनालाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका सिरियाली शरणार्थीमाथि ‘हत्याको प्रयास’ को अभियोग लगाइएको अभियोजकले शनिबार बताएका छन् ।

सरकारी अभियोजक लाइन बोनट–म्याथिसले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “अब्दलमासिह एच. ले ४८ घण्टा प्रहरी हिरासतमा रहँदा र अनुसन्धानको नेतृत्व गरिरहेका म्याजिस्ट्रेटसमक्ष बोल्न अस्वीकार गर्नुभएको थियो ।”

उहाँले भन्नुभयो,“दुई मनोवैज्ञानिक परीक्षण पछि चिकित्सकहरूले अब्दलमासिह एचले ‘पुलिस हिरासतमा दिएको वयानसँग मिल्दोजुल्दो रिपोर्ट अर्थात् आक्रमणकारी भुक्एिर आक्रमण नगरेको निष्कर्ष निकालेका छन् ।”

यद्यपि, यो चरणमा अन्य मनोवैज्ञानिक विकृतिहरूको निदान वा अस्वीकार गर्न धेरै चाँडो हुने उहाँले बताउनुभयो ।

पर्यटकका लागि लोकप्रिय तालको नजिकैको एक खेल मैदानमा बिहीबार भएको आक्रमणमा परी घाइते भएकाहरू अब ज्यान गुमाउने खतराको अवस्थामा नरहेको बोनट–म्याथिसले बताउनुभयो ।

आक्रमण २२ महिनादेखि तीन वर्षसम्मका बालबालिका र एक वयस्कलाई सुरुमा गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । अर्का एक व्यक्ति सामान्य घाइते भएका थिए ।रासस