सनातन संस्कृति शिखा र सूत्रको महत्त्वपूर्ण स्थान रहेकामा जोड दिइएको छ ।

अनुसन्धान व्यवस्थापन एकाइ वाल्मीकि विद्यापीठले आज आयोजना गरेको ‘सनातन संस्कृतिमा शिखा र सूत्र (यज्ञोपवीत)को महत्त्व एवं यसको मनोवैज्ञानिक प्रभाव’ विषयक गोष्ठीका वक्ताले शिखा र सूत्रको वैज्ञानिकरूपमा समेत महत्त्व रहेकामा जोड दिनुभएको हो । व्यक्तिको तेजवृघि र नकारात्मकता हटाएर सकारात्मक गुणको विकासका लागि शिखा एवं सूत्रले योगदान गर्ने वक्ताको भनाइ थियो ।

कार्यक्रममा उपप्राध्यापक डा माधवप्रसाद लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराई र संस्कृतिविद् चिन्तामणि योगीले टिप्पणी गर्नुभएको थियो । टिप्पणी गर्दै उहाँहरूले मुस्लिम र क्रिश्चियनले आफ्ना संस्कार नछोड्ने गरेको उल्लेख गर्दै सनातन धर्मावलम्बीले पनि स्वत्व छोड्नु नहुनेमा जोड दिनुभएको हो ।रासस