प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्दै हुनहुन्छ । बेइजिङले शुक्रबार जनएअनुसार चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो ।
“राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ,“ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले उल्लेख गर्नु भएको छ ।रासस