८० जेठ २६ काठमाडौ । भारतले नेपाललाई उपहारस्वरूप मुर्रा राँगो दियो । अब लाखौं लाख संख्यामा मुर्रा जातको भैंसी पालौ ! करोडौं लिटर दूध उत्पादन गरौं ! स्वस्थ दुध सम्पुर्ण देश बासी लाई खुवाऔं ! उत्पादन भएको स्वस्थ दूध स्वदेशमा खपत गराऔं ! धेरै भएको दूध बाट छुर्पी, कुरौनी, खुवा, पनिर, चिज लगाएत विभिन्न दुग्धजन्य खाध्य परिकार बनाएर स्वदेशमै ब्यापार गराऔं धेरै भएको लाई भारत चीन अमेरिका जापान लगाएत बिदेश तिर निर्यात गरौं ।
राँगो भैंसी मरेपछि छाला प्रसोधन गरेर छाला उत्पादन गरौं ! छालाको जुत्ता बनाऔं ! छालाको ज्याकेट, ब्याग लगाएत विभिन्न सामाग्री बनाएर स्वदेशमा खपत गराऔं बढी भएका सामन बिदेश निर्यात गराऔं ! भैसीको हाडबाट विभिन्न सामाग्री बनाऔं ।

यसरी नेपाल र नेपालीले व्यबस्थित र बैज्ञानिक ढंगले काम गर्ने हिम्मत गरे नेपालमा राँगो भैंसी मात्रै पालेर दस लाख माथि रोजगारी सृजना गर्न सकिने छ भने नेपालले खर्वौ नेपाली रकम कमाउन सक्ने निश्चित छ । त्यो पनि लामो समय सम्म । हिम्मत छ त ? नेपाल शरकार र नेपाली जनतामा ? भारतले मुर्रा राँगो उपहारस्वरूप दिएको बिषय लाई सकारात्मक ढंगले बुझ्ने हिम्मत गर्ने हो भने नेपालले मुर्रा जातको भैंसी पालेमा नेपालमा करोडौं लिटर दूध उत्पादन हुने र नेपालले खर्वौ रकम आम्दानी गर्नेमा दुईमत छैन । भारतले नेपाललाई दिएको मुर्रा जातको राँगो उपहार कृषिप्रधान देश नेपाल र नेपाली लाई सकारात्मक शिक्षा हो भन्ने कुरा बुझौं ।

नारायण क्रान्ति