नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल)को११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना प्रतिनिधि सहभागी हुनेछन् । अहिले देशभरबाट प्रतिनिधि आउनेक्रम जारी छ । रासस