तीन लामो निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोदावरी–१ को बालमैत्री प्रतिष्ठानमा सो शिविर सञ्चालन गरिएको हो ।

शिविरमा स्त्रीरोग, अस्थायी परिवार नियोजन, क्षयरोग, मधुमेह, औलो तथा अन्य रोगको उपचार एवं ल्याब परीक्षण गरिएको गोदामचौर स्वास्थ्यचौकीका चिकित्सक सञ्जीवकुमार यादवले जानकारी दिनुभयो ।

शिविरको अन्तिम दिन आजसम्म तीन सय २८ जनाले स्वास्थ्योपचार सेवा लिएको र निःशुल्क एक सय दुई प्रकारका औषधि वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रोग लागेर अस्पताल धाउनुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो । यसका लागि सबैले सरसफाइ, आहरविहार र व्यायाममा ध्यान दिनुपर्छ ।”

गोदामचौर स्वास्थ्यचौकी र गोदावरी नगरपालिका–१ का वडा कार्यालयको संयुक्त आयोजनामा जेठ २२ देखि २४ गतेसम्म सो शिविर आयोजना गरिएको हो । रासस