पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मण्डी बहाउद्दिन जिल्लामा सोमबार भ्यान र ट्रक एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् ।
जिल्लाको गुजरात सडकमा आज बिहान एउटा सवारीसाधन मोडिदा दुर्घटना भएको र दुई महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएको उद्धार सेवाले जनाएको छ ।
पाकिस्तानमा मुख्यतया खराब सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ।रासस