१८ जेठ, चितवन ।

पानीभित्र पौडनु छ माछासरी सलल
निर्दोष ती लाश उठाउँछौँ आँशु हुन्छ टलपल
सकेसम्म लाशै पनि सड्न दिने छैनौँ
जनताको आशा भरोसा मर्न दिने छैनौँ ।

यस्तै भावनाका साथ सशस्त्र प्रहरी बलका गोताखोरले आज त्रिशूली नदीमा बगेका बाढीपीडितलाई उद्धारसम्बन्धी विपद्को अभ्यास प्रस्तुत गरे । उनीहरुले नदीमा बग्दै आएका ती व्यक्तिलाई उद्धार गरी प्राथमिक उपचारपछि निजकैको अस्पतालसम्म पु¥याउने गरिएको अभ्यास देखाए ।

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउबचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे । पानीमा बगेका व्यक्तिलाई ‘¥याफ्टिङ बोट’को सहायताले उद्धार गरिएको थियो । यस्तै गरी बग्दै आएका अर्का व्यक्तिलाई झोलुङ्गे पुलबाट डोरीको सहायताले उद्धार खोर त्रिशूली नदीमा झरी उद्धार गरेर सुरक्षित स्थानमा लगिएको थियो ।

सोही बखत भिरमा घाँस काट्दै गरेको अर्का व्यक्ति नदीमा खसेपछि डोरीको सहायताले नदीमा पुगेका अर्का गोताखेरले पिठ्युँमा बोकी किनारामा ल्याए । माछा मार्न गएका केही व्यक्तिमध्ये दुई जना पानीमा बेपत्ता भएकाले गोताखोरको समूहले पानीभित्रै गएर एक जनालाई जीवितै र अर्कालाई मृत अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा गोताखोरकै ¥याफ्टिङ बोट पल्टिएकाले पानीमा पौडदै उनीहरु पुनः ¥याफ्टिङ बोट पहिल्यकै अवस्थामा ल्याएर खोजी कार्य जारी राखे  ।

सशस्त्र प्रहरी बलले गरेको अभ्यासको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवलोकन गर्नुभयो । उहाँले देशको सार्वभौमसत्ता तथा अखण्डताको सम्वद्र्धनका साथै एकता र शान्ति सुरक्षामा सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “देश सुन्दर भएर पनि बाढी पहिरो, भूकम्प, आगलागीलगायत विपत्तिका सामना हामीले गर्दै आउनुपरेका छौँ । यस कारण विपद् न्यूनीकरण गर्न गठित विपद् व्यवस्थापन प्राधिकरणले काम गर्दै आएको छ । ”

उहाँले यसका लागि सशस्त्र प्रहरी बलले सराहनीय योगदान पु¥याउँदै आएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले गृहमन्त्रालय शान्ति र सुरक्षाका लागि विगतमा गरेका कामको समीक्षा गर्दै सबै सुरक्षा निकाय तथा कर्मचारीको कामलाई परिमार्जन गरी प्रभावकारी तुल्याउन लागेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोरले गर्दै आएको काम राज्य र नागरिकलाई आफ्नो ज्यान सुम्पे बराबर हो भन्नुभयो । उहाँले जीवित वा मृतावस्थामा उद्धार गरी परिवारका सदस्यलाई बुझाउनु उदाहरणीय कार्य भएको उल्लेख गर्दै उहाँले पानीको गहिराइबाट एक व्यक्तिलाई गरिएको उद्धारको खुसी सबैभन्दा ठूलो सन्तुष्टि हुने बताउनुभयो ।

उहाँले उद्धार कार्य सबैभन्दा महँगो र जटिल भएकाले उद्धारकर्ताका लागि आवश्यक सामग्री खरिदका लागि गृह मन्त्रालयमा पहल भइरहेको जानकारी दिनुभयो ।

विसं २०५० सालमा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित त्रिशूली नदीमा बेपत्ता हुँदा बङ्गलादेशबाट गोताखोर झिकाउनुपरेको थियो । विसं २०६७ मा बेस क्याम्पका रुपमा स्थापित यस विपद् व्यवस्थापन तालिम शिक्षालयले हालसम्म ७४ दक्ष गोताखोर उत्पादन गरिसकेको छ । हालसम्म दुई सय ७३ वटा विभिन्न विपद्का घटनामा आठ सय दुई जनालाई जीवितै उद्धार र तीन १७ जनाको शव निकालिएको सो अवसरमा जानकारी दिइएको थियो ।  स्राेत रासस