सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ बजेट मार्फत वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोर घोषणा गरिएकाले यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८०÷८१ को बजेटमा वीरगञ्ज–पथलैयालाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने भनिएको छ ।
‘‘विगतमा हामीले उठाउँदै आएका केही सुझाव पनि अहिलेको बजेटमा सम्बोधन भएको छ”, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्नुभयो, ‘‘हामीले वीरगञ्ज–पथलैया खण्डलाई औद्योगिक करिडोरको रूपमा घोषणा गरिनुपर्र्छ भनिरहेका थियौँ, त्यो बजेटमा सम्बोधन भएको छ ।”
यो एकदमै स्वागतयोग्य कुरा हो, यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छाँै उहाँले भन्नुभयो । ‘‘बजेटमार्फत वीरगञ्ज–पथलैया औद्योगिक करिडोर घोषणा गरी सरकारले हाम्रो कुरालाई सम्बोधन गरेको छ”, अध्यक्ष अग्रवालले भन्नुभयो,‘‘ यो हाम्रा लागि उपलब्धिको कुरा हो, यसको आधारभूत कुराबारे अध्ययन गर्न बाँकी छ । विस्तृत अध्ययनपछि मात्रै यस विषयमा थप कुरा गर्न सकिन्छ ।”
निजी क्षेत्रलाई महत्व दिई वर्तमान आर्थिक अवस्थामा सुधारको प्रयास हुनु स्वागतयोग्य भएको भन्दै यहाँका उद्योगी व्यवसायीले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी, युवा मनोबल वृद्धि र व्यवसाय रक्षाका लागि महत्वकांक्षी कार्यक्रम अघि बढाइए पनि आर्थिक तरलता कायम रहेका बेला आर्थिक वृद्धिको लक्ष्य पूरा हुने अवस्था नरहेको उहाँको कथन थियो । ‘‘एकातिर खुल्ला बोर्डका कारण अवैधरूपमा समान आयात र निर्यात हुने क्रम बढेको छ भने अर्काेतिर करको दर बढाइएको छ”, अध्यक्ष अग्रवालले भन्नुभयो,‘‘ त्यसैले खुल्ला नाकाबाट हुने अवैध आयात र निर्यात रोक्नुप¥यो र करको दरभन्दा पनि दायरा बढाउनु पर्छ ।” रासस