अफगानिस्तानको पूर्वीवर्दक प्रान्तमा विगतका युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा एक बालकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सैद अबाद जिल्लाको शनिजदरा गाउँमा शुक्रबार बालबालिकाले खेलौना जस्तो यन्त्र फेला पारेको र त्यो खेलाउँदा विस्फोट भएको थियो । त्यसक्रममा एक बालकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
यसरी द्वन्द्वग्रस्त मुलुकमा निर्दोष बालबालिकाको ज्यान गएको यो दोस्रो घटना हो । अघिल्लो यस्तै प्रकारको घटनामा मे २३ मा अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको थियो । सो घटनामा विगतका युद्धबाट बाँकी रहेको खानी बिस्फोट हुँदा एक बालकको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए ।
अफगानिस्तान विश्वव्यापीरूपमा सबैभन्दा धेरै खानी प्रदूषित देशमध्ये एक मानिएको छ । विगत चार दशकका विभिन्न किसिमका युद्ध र गृहयुद्धबाट बाँकी रहेका विस्फोटन नगरिएका हतियारको विस्फोटका कारण हरेक महिना जसो दर्जनौँ मानिस, प्रायःबालबालिका मारिने र अपाङ्ग हुने गरेका छन् ।रासस