प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सदुभावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताउनुभएको छ । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष पूरा भएको अवसरमा उहाँले जनताबाट प्राप्त प्रतिक्रियाप्रति कृतज्ञता व्यक्त गर्दै त्यसो भन्नुभएको हो ।

बिहानैदेखि हाम्रो सरकारको बारेमा गरिएको प्रशंसा आफ्ना लागि स्नेह भएको र त्यसले आफूलाई ऊर्जा दिएको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले यही जेठ १६ गते दुई कार्यकालको नौ वर्ष पूरा गर्दैछ । यस अवसरमा भारतीय जनता पार्टीले सोही दिनदेखि एक महिनासम्म देशभर ५० स्थानमा विशेष सभा एवम् ¥याली गर्नेछ । केही कार्यक्रमलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुहुनेछ ।

भारतीय जनता पार्टीका अनुसार ती सभा तथा ¥यालीलाई आगामीे लोकसभा चुनावको तयारीमा केन्द्रित हुनेछन् । लोकसभा निर्वाचन करिब एक वर्षपछि हुँदैछ । सबैभन्दा ठूलो ¥याली राजस्थानको अजमेरमा हुनेछ जसलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुहुनेछ ।

विशेष सभा र ¥यालीमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र अन्य शीर्ष नेता सहभागी हुनेछन् । नरेन्द्र मोदीले सन् २०१४ को मे २६ मा पहिलो पटक प्रधानमन्त्रीको सपथ लिनुभएको थियोभने उहाँले सन् २०१९ को मे ३० मा दोस्रो कार्यकालको शपथ लिएर भारतको सरकार प्रमुखका रूपमा शासन सञ्चालन गर्नुभएको थियो । रासस