उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।
सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीम अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना र पहिचान गरिरहेका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।रासस