प्रेस युनियन लम्कीको सभापतिमा परमानन्द पाण्डे चयन हुनुभएको छ । लम्कीमा सम्पन्न पाचौँ अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । युनियनको उपाध्यक्षमा चन्द्रप्रसाद खनाल, समावेशी उपाध्यक्ष रतनलाल चौधरी, सचिवमा विरेन्द्र शाह, कोषाध्यक्ष धर्मेन्द्र विष्ट र सहसचिव महिलामा दिपशिखा न्यौपाने चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा हिक्मतप्रसाद उपाध्याय, भरत भण्डारी, नविनकुमार देवकोटा, गणेशबहादुर क्षेत्री चयन हुनुभएको छ । जनजाती सदस्यमा सुधराम दहित, दलित सदस्यमा ज्योति सुनार, सदस्य महिलामा पवित्रा ढकाल चयन हुनुभएको निर्वाचन अधिकृत टेकबहादुर सार्कीले जानकारी दिनुभयो । रासस