Skip to content
Wed, Apr 22, 2026 / 05:42 PM / २०८३, बैशाख ९, बुधबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

शिलान्यास भएको १२ वर्षपछि बन्यो विहार

By हेमन्त खबर संवाददाता|2023-05-22T19:58:22+05:45May 22, 2023|Categories: News|

शिलान्यास भएको १२ वर्षपछि गलकोट नगरपालिका वडा नं ११ रिघाको उदय रिघा बौद्ध विहार निर्माण पूरा भएको छ । स्थानीय शेरबहादुर घर्तीले रिघामा बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै रिघालाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि १२ वर्षअघि यसको शिलान्यास गर्नुभएको थियो । उक्त स्थनामा बौद्ध गुम्बा, सत्तल तथा प्रवेशद्वार निर्माण गरिएको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्तीले बताउनुभयो । “बाह्र वर्षअघि बौद्ध धर्म र दर्शनका विषयमा जानकारी लिने मौका मिल्यो, भगवान गौतम बुद्धका नाममा केही गराैँ भन्ने सोच आयो”, घर्तीले भन्नुभयो, “बीस रोपनी जग्गालाई तारबार र संरक्षण गरी विहार बनाउने लक्ष्य यतिबेला आएर पूरा भएको छ ।” युके, ब्रुनाईलगायतका देशमा रोजगारीका लागि जानेबाट प्राप्त सहयोग, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट आएको बजेटले विहार निर्माण पूरा भएको हो । विहार निर्माणका लागि गलकोट नगरपालिकाको रु १२ लाख, सांसद विकास कोषबाट रु १० लाख, गण्डकी प्रदेश सरकारबाट रु आठ लाख, वडा कार्यालयबाट तीन लाख प्राप्त भएको थियो । साथै रिघा घर भई देशविदेशमा रहनुभएकाबाट रु ८० लाख सहयोग प्राप्त भएको थियो । गुम्बालाई ध्यान तथा योगस्थलका रुपमा विकास गरी पर्यटकीय गतिविधि बढाउने उद्देश्य लिइएको गलकोट नगरपालिका–११ रिघाका वडाध्यक्ष डम्मर श्रीसको भनाइ छ । अग्लो डाँडामा रहेको विहार प्राकृतिक मनोरमको दृष्टिकोणलेसमेत महत्वपूर्ण छ । विहारको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्नुभएको छ ।रासस

Share this:

  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading...
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨40.8754up
Australian Dollar 
Australian Dollar
₨107.4481up
Swiss Franc 
Swiss Franc
₨192.1035up
Euro 
Euro
₨176.3089up
British Pound 
British Pound
₨202.8154up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9427up
Qatari Rial 
Qatari Rial
₨41.2403up
Saudi Riyal 
Saudi Riyal
₨40.0306up
Singapore Dollar 
Singapore Dollar
₨117.892up
US Dollar 
US Dollar
₨150.1149up
22 Apr · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 22 Apr 2026 11:40 UTC
Latest change: 22 Apr 2026 11:34 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top