Skip to content
Mon, Jun 30, 2025 / 03:22 AM / २०८२, असार १६, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
www.hemantakhabar.com Logowww.hemantakhabar.com Logowww.hemantakhabar.com Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने

By हेमन्त खबर संवाददाता|2023-05-22T20:03:06+05:45May 22, 2023|Categories: News|

विधायन व्यवस्थापन समितिले ‘कोभिड-१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने प्रभावका सम्बन्धमा छलफल गरेको भए पनि दफाबार छलफल अगाडि बढाउन नसकिएको बताउनुभयो । “सबैखाले महामारी र संक्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाका क्रममा रहेको भन्ने सम्बन्धित मन्त्रालयबाट समितिमा जानकारी प्राप्त भएको हुँदा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ११६ बमोजिम राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।रासस

Share this:

  • WhatsApp
  • Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top