Skip to content
Wed, Apr 22, 2026 / 08:38 PM / २०८३, बैशाख ९, बुधबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

By हेमन्त खबर संवाददाता|2023-05-22T19:54:29+05:45May 22, 2023|Categories: News|

पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कालोपत्रको काम यही असारभित्र सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी १० किलोमिटर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको रू २९ करोड ७२ लाख लागतमा यो सडक निर्माण थालिएको हो । त्यस्तै, यही सडक खण्डअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । प्रदेश सरकारको रू २२ करोड ७० लाख लागतमा निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । यसलाई पनि यही वर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिनुभयो । निर्माण भइरहेका यहाँका सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेर निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ । “योजना सञ्चालनका क्रममा देखिएका समस्या समाधानका विषयमा निर्माण कम्पनी तथा स्थानीय सरोकारवाला पक्षसँग आवश्यक छलफलसमेत गरेका छौँ”, उहाँले भन्नुभयो ।रासस

Share this:

  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading...
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨40.8616up
Australian Dollar 
Australian Dollar
₨107.5229up
Swiss Franc 
Swiss Franc
₨191.8262down
Euro 
Euro
₨176.0608up
British Pound 
British Pound
₨202.8401up
Indian Rupee 
Indian Rupee
₨1.6007
Japanese Yen 
Japanese Yen
₨0.9425up
Qatari Rial 
Qatari Rial
₨41.2265up
Saudi Riyal 
Saudi Riyal
₨40.0172up
Singapore Dollar 
Singapore Dollar
₨117.8007up
US Dollar 
US Dollar
₨150.0643up
22 Apr · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 22 Apr 2026 14:40 UTC
Latest change: 22 Apr 2026 14:33 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top