Skip to content
Mon, Jun 30, 2025 / 03:21 AM / २०८२, असार १६, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
www.hemantakhabar.com Logowww.hemantakhabar.com Logowww.hemantakhabar.com Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

धनकुटामा तीन सडक आयोजनाको काम तीव्र

By हेमन्त खबर संवाददाता|2023-05-22T19:54:29+05:45May 22, 2023|Categories: News|

पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । रू ५६ करोड ५२ लाख सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कालोपत्रको काम यही असारभित्र सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी १० किलोमिटर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको रू २९ करोड ७२ लाख लागतमा यो सडक निर्माण थालिएको हो । त्यस्तै, यही सडक खण्डअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । प्रदेश सरकारको रू २२ करोड ७० लाख लागतमा निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । यसलाई पनि यही वर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिनुभयो । निर्माण भइरहेका यहाँका सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेर निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ । “योजना सञ्चालनका क्रममा देखिएका समस्या समाधानका विषयमा निर्माण कम्पनी तथा स्थानीय सरोकारवाला पक्षसँग आवश्यक छलफलसमेत गरेका छौँ”, उहाँले भन्नुभयो ।रासस

Share this:

  • WhatsApp
  • Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top