काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेख्नुभएको छ । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

“बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेख्नुभएको छ । साथै उहाँले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गर्नुभएको छ ।रासस