प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का ‘जनपक्षीय पत्रकारिता परस्कार २०८०’ बाट सम्मानिन हुनुभएको छ ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको वार्षिक साधारणसभामा दोलखाका पत्रकार लक्ष्मण खड्कालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिताको क्षेत्रबाट मुलुकको परिवर्तन, विकास र समृद्धिका साथै प्रेस सेन्टर नेपालको संस्थागत विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खड्कालाई सम्मान गरेको सेन्टरले जनाएको छ । उहाँलाई सम्मानपत्रसहित नगद रु २५ हजार प्रदान गरिएको छ ।

दोलखा जिल्लाबाट लामो समयसम्म राजनधानी दैनिक र नयाँ पत्रिका दैनिकमा आबद्ध रहेर पत्रकारिता गर्नुका साथै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)का केन्द्रीय कोषाध्यक्षको भूमिकासमेत सम्हालिसक्नुभएका उहाँ हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।रासस