८० बैशाख २९ नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल सम्झौताको १४ महिनाअगावै सम्पन्न भएको छ । खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभयो ।

जिल्लाकै विकट बस्तीका रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोधका रुपमा रहेको दोर्खुखोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।

“विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउने छौँ ।”

तादी गाउँपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्मको सात किलोमिटर कच्ची सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने सांसद हितबहादुर तामाङले बताउनुभयो । उर्लेनीको कृषि उपजलाई बजार पु¥याउन, स्थानीयलाई दैनिक उपभोग्यवस्तु खरिद गर्न तथा सागरकुण्ड हँुदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारु गराउन पक्की पुलबाट मघद्द पुग्ने विश्वास गरिएको छ ।

पक्की पुलको निर्माणले गाउँ छाडेर सहरबजारतर्फ जाने बसाइँसराइ रोक्न, भूकम्पपछि जोखिममा परेको उर्लेनीबाट सुरक्षित स्थानको खोजीमा रहेका पीडितलाई आफ्नै थातथलोमा अढ्याउन सकिने बागमती प्रदेससभा सदस्य राधिका तामाङले बताउनुभयो ।रासस