दमास्कसको प्रहरी चौकीमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा पाँच प्रहरी घाइते भएको राज्यको समाचार एजेन्सी सानाले जनाएको छ ।
प्रहरीको गाडी दमास्कसको उत्तरपश्चिमी बर्जेह प्रहरी चौकीमा थियो ।
विस्फोटको कारण बारे अनुसन्धान जारी छ । दमास्कसका ग्रामीण इलाका विद्रोहीको पराजय पछि सन् २०१८ देखि धेरै हदसम्म सुरक्षित रहेको छ । केही साना-साना विस्फोटहरू भए पनि ठूलो क्षति भने भएको छैन।रासस