सबैभन्दा बढी बिक्री हुने जापानी कार निर्माता कम्पनी, टोयोटाले बुधबार आफ्नो पूरा वर्षको खुद नाफाले अपेक्षालाई उछिनेको बताएको छ । कम्पनीले आगामी आर्थिक वर्षका लागिसमेत राम्रो बिक्री र राजस्व सङ्कलनमा थप योगदानको प्रक्षेपण गरेको छ ।
जापानी फर्मले गत आर्थिक वर्षको लागि २.४५ ट्रिलियन येन (१८.१२ अर्ब अमेरिकी डलर) को शुद्ध मुनाफा को रिपोर्ट गरेको छ । यो कोभिडले थला परेको विश्व अर्थतन्त्र र युक्रेनमा जारी युद्धका कारण प्रभावित बजारमा अपेक्षा गरिएको २.३६ ट्रिलियन येनको प्रक्षेपणभन्दा बढी हो ।
यद्यपि, एक वर्ष पहिलेको तुलनामा यो १४ प्रतिशत कम हो । २.३६ ट्रिलियन येनको प्रक्षेपणलाई पछाडि पारेको छ ।
सेमीकन्डक्टर आपूर्तिमा सुधार र उत्पादन स्थलहरूको प्रयासका कारण आगामी वर्षका लागि पूर्ण वर्षको खुद मुनाफा पाँच प्रतिशतले वृद्धि भई २.५८ ट्रिलियन येन पुग्ने अनुमान गरिएको छ ।
अधिकांश उद्योगले महामारीका कारण प्रभावित बजार र विश्वव्यापी चिप अभावको प्रभावसँग जुधिरहेको समय जापानी विशाल कार कम्पनीले सन् २०२२ मा लगातार तेस्रो वर्ष आफ्नो सबैभन्दा बढी बिक्री हुने सवारी साधनका रूपमा रेकर्ड राखेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोजी सातोले भन्नुभयो, “एक शब्दमा भन्ने हो भने यो वर्ष हाम्रा ग्राहकलाई गाडी उत्पादन र डेलिभरी गर्न निकै कठिन वर्ष थियो ।
प्रमुख वित्तीय अधिकारी योइची मियाजाकीले गत आर्थिक वर्षमा उत्पादन अवरोधका लागि प्राकृतिक प्रकोपदेखि चिप सङ्कटसम्म सबै कुरा उद्धृत गर्दै आफ्नो आम्दानीलाई उत्साहजनक भन्नुभएको छ ।रासस